दफा ३३
इजाजत पत्र खारेज हुने
(१) कुनै विमा अभिकर्ता, सर्भेयर वा दलाल ले दफा ३१ बमोजिम आफनो इजाजत पत्र नवीकरण नगराएमा, विमालेख लिनेको हक हित विरुद्ध वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरित कुनै काम गरेको छ भन्ने कुरामा समिति विश्वस्त भएमा समितिले त्यस्ता विमा अभिकर्ता, सर्भेयर वा दलालको इजाजत पत्र खारेज गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम इजाजत पत्र खारेज गर्नु पूर्व समितिले निजलाई लगाइएको आरोप उपर स्पष्टीकरण पेश गर्न मनासिब समय दिनु पर्नेछ ।